
एजेन्सी । बेलायती एण्डी मुरे विम्बल्डन टेनिसको तेस्रो चरणबाट बाहिरिएका छन् । गएराति भएको खेलमा १० औं वरियताका क्यानडियन खेलाडी डेनिस शापोभालोभसँग पराजित भएका हुन् ।
दुई पटकका विजेता ३४ वर्षे मुरेलाई डेनिसले ६–४, ६–२ र ६–२ को सेटमा पराजित गरेका हुन् । यस्तै बेलाती डान एभिन्सपनि अन्तिम १६ मा पुग्न सकेनन् ।
उनलाई अमेरिकी सेबास्टियन कोर्डाले पराजित गरेका हुन् । विम्बल्डनमा पहिलो पटक सहभागी भएका कोर्डाले डानलाई ६–३, ३–६, ६–३ र ६–४ को सेटमा पराजित गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्