
काठमाडौं । बीएण्डसी मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटल एवं रिसर्च सेन्टरका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले आफ्नो मेडिकल कलेज बारे अबिलम्ब निर्णय गर्न प्रधानन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गर्नुभएको छ ।
शनिबार पत्रकार सम्मेलन गरी प्रसाईंले कलेजलाई सम्बन्ध दिन वा सरकार आफैँले सञ्चालन गर्न वा सधैँका लागि बन्द गर्ने विषयमा अविलम्ब निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो ।
हस्पिटलको सम्बन्धन र चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनको सन्र्दभमा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले कलेजमाथि गरेको जघन्य अपराध तथा शंकास्पद कानून प्रतिकुलको भूमिकाको विषयमा सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।
कार्यकारी निर्देशक प्रसाईंले आयोगका उपाध्यक्ष गिरीले आफूसँग २० करोड घुस मागेको दाबी पनि गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्