१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भारतका उत्पादित कोभिसिल्ड लगाएकालाई युरोप यात्रामा प्रतिबन्ध


26
Shares

काठमाडौं । कोरोना खोप लगाएकालाई यात्रा अनुमति दिने तयारी गरेको युरोपेली संघले भारतमा उत्पादित कोभिसिल्ड लगाएकालाई भने प्रतिबन्ध लगाउने भएको छ ।

युरोपेली संघको चिकित्सासम्बन्धी कार्यालयले भारतमा उत्पादित कोभिसिल्ड लगायतका केही खोप लगाएकालाई विश्वास गर्न नसकिने जनाएको हो । युरोपेली चिकित्सा कार्यालयले युरोपेली आयोगलाई समेत भारतमा बनेको खोप लगाएकाहरूलाई युरोप प्रवेशमा अनुमति नदिन सिफारिस गरेको छ ।

अमेरिका, बेलायत र युरोपेली मुलुकहरूमा बनाइएको खोप लगाएकालाई मात्रै युरोप प्रवेशका लागि अनुमति दिइने र यसो भएमा मात्रै युरोपमा कोरोनाभाइरसको सङ्क्रमण फैलन कम हुने उनीहरूको भनाइ छ । युरोपेली आयोगको निर्णयसँगै भारतको कोभिसिल्ड खोपप्रतिको विश्वसनीयता र उपयोगीतामा फेरि आशङ्का उत्पन्न भएको छ ।

नेपालमा पनि भारतमा उत्पादित कोभिसिल्ड खोप लगाइएको छ ।