१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


११ वर्षपछि सम्पन्न हुन लागेको त्रियुगा पुल बाढीले बगायो


0
Shares

उदयपुर । दुई दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढीले त्रियुगा नदीमा ११ वर्षदेखि निर्माणाधीन चौदण्डीगढी–बेल्हा जोड्ने मोटरेबल पुल भत्काइदिएको छ ।

सम्पन्न हुनै लागेको ११ स्पान २ सय ८० मिटर र साढे ५ मिटर चौडाइको पुलको दक्षिण तर्फको पिल्लर भासिएपछि दुई स्पान नदीमा झरेका छन् ।

२०६७ साल देखि निर्माण सुरु भएको पुल ५ पटक सम्मको म्याद पछि निर्माणको अन्तिम चरणमा पुगेको थियो । ११ करोड २७ लाख रुपैयाँको लागत रहेको पुल गाइघाट–दिक्तेल सडक आयोजना गाइघाट रेखदेखमा निर्माणकार्य भएको हो ।

पुल भत्किनुमा निर्माण कम्पनीको लापरबाही, कमसल निर्माण सामग्रीको प्रयोग भएको स्थानीयको आरोप छ ।