
एजेन्सी । इंग्ल्याण्ड र डेनमार्क युरोकप फुटबलको सेमिफाईनलमा प्रवेश गरेका छन् । इंग्ल्याण्ड २५ र डेनमार्क २९ वर्षपछि यूराेकपकाे सेमिफाइनलमा पुगेका हुन् । गएराति भएको क्वाटरफाईनल खेलमा युक्रेनलाई ४–० ले हराउँदै इंग्ल्याण्ड सेमिफाईनलमा पुगेको हो ।
इटालीको रोममा भएको खेलमा इंग्ल्याण्डलाई विजयी गराउन ह्यारी केनले दुई गोल गर्दा ह्यारी म्याग्वेर र जोर्डन हेन्डर्सनले एक एक गोल गरे । जितसँगै इंग्ल्याण्डले डेनमार्क विरुद्धको सेमिफाईनल भिडन्त तय गरेको छ ।
सन् १९९६ मा पछिल्लो पटक जर्मनीसँग युरोकपको सेमिफाइनलमा पेनाल्टीमा पराजित भएको इंग्ल्याण्ड त्यसयता याे स्थानमा पुग्न सकेकाे थिएन । साढे दुइ दशकपछि बल्ल यस पटक सेमिफाइनल पुगेकाे हाे ।
गएराति नैं भएको अर्को क्वाटरफाईनल खेलमा चेक रिपब्लीकलाई २–१ ले हराउँदै डेनमार्क पनि सेमिफाईनलमा पुगेको हो । अजरबैजानको बाकुमा सम्पन्न खेलमा डेनमार्कका लागि थोमस डेलानी र कास्पर डोल्वर्गले एक एक गोल गरे ।
चेक रिपब्लीकका प्याट्रिक शिकले एक गोल फर्काए । युरोकप फुटबलको सेमिफाईनल खेलहरु मंगलबारबाट हुनेछन् । मंगलवार राती इटाली र स्पेन भिड्दा बुधवार इंग्ल्याण्डले डेनमार्कसँग खेल्नेछ । सन् १९९२ मा उपाधि जितेकाे डेनमार्क त्यसयता पहिलो पटक सेमिफाइनल पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्