
फाइल तस्वीर
काठामडौं । केही दिनदेखिको पहिरोले एकतर्फी रुपमा खुलेको नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा गएराति १० बजे पहिरो खसेको हो ।
राति पहिरो खसेसँगै सडक पूर्णरुपले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पानी परिरहेकोले पहिरो पन्छाउन समस्या भएको छ ।
शुक्रबार राति खसेको पहिरो हिजो बिहान ९ बजे पन्छाएसँंगै बाटो खुलेको थियो । एक सातादेखि यस सडकखण्डमा पटकपटक पहिरो खस्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्