७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै, निषेधाज्ञा थप खुकुलो बनाउने तयारी


0
Shares

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञाका बारे छलफल गर्नका लागि आज प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आज मध्यराति सकिँदैछ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि सकिँनै लाग्दा दिउँसो ३ बैठक बस्न लागेको हो ।

आज बस्ने बैठकले यसअघि प्रतिबन्धित क्षेत्रलाई थप खुकुलो बनाउनेबारे छलफल हुने काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले बताउनुभयो ।

पछिल्लो पटक सार्वजनिक यातायातमा जोर विजोर प्रणाली अपनाएर २५ सिटभन्दा बढी सिट भएको सार्वजनिक यातायात सञ्चालन गरिएको थियो ।

त्यसैगरी सबैखाले पसलहरु पनि दिनभर खोल्न दिइएको छ । थप क्षेत्रलाई पनि खुकुलो बनाउने बारे स्वास्थ्य मन्त्रालयसँग राय मागेर निर्णय हुने बताइएको छ ।