
एजेन्सी । फिलिपिन्सको दक्षिणी भागमा एक सैन्य विमान दुर्घटनाग्रस्त भएको छ । विमान कम्तीमा ८५ जना चढेको त्यहाँका वायुसेना प्रमुखले जानकारी दिएका छन् ।
सी–१३० विमानको जलिरहेको अवशेषबाट अहिलेसम्म ४० जनाको उद्धार गरिएको छ भने विमानमा सवार १७ जनाकाे शव फेला परेकाे छ । सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्न खोज्दा विमान दुर्घटनाग्रस्त भएको जनरल सिरिलितो सोबेजानाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्