
सागर महत
अर्घाखाँची । अर्घाखाँचीका ६ वटा स्थानीयतहले आर्थिक वर्ष २०७८/०७९ को लागि ४ अर्ब ७० करोड ५१ लाख बजेट सार्वजनिक गरेका छन । जिल्लामा तीन नगरपालिका तीन गाउँपालिका रहेका छन । यस अघिका बजेटमा यहाँका स्थानीय तहले बजेटको पहिलो प्राथामिकता
सडकलाई दिँदै आएकोमा ७८/०७९ को बजेटमा स्वास्थ्य कृषि, शिक्षा लगायका क्षेत्रमा प्राथामिकता राखेर बजेट सार्वजनिक गरिएको छ ।
पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले ले ६३ करोड़ बराबरको बजेट प्रस्तुत गरिएको बताउदै गाउँपालिकामा अधिकाश सडक संजाल पुरा भएकाले अन्य क्षेत्रमा प्राथामिकता राखेर बजेट सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष अच्युत गौतमको भनाई छ ।
शितगंगा नगरपालिकाले ८० करोड ९० लाख बराबरको बजेट प्रस्तुत गरेको नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताउनुभयो । नगरपालिकाले नयाँ योजना अन्तर्गत एकल पुरुष र महिलालाई पनि भत्ता दिने गरी बजेट ल्याइएको छ । ३५ वर्ष पुगेका अविवाहित महिला र ४० वर्ष पुगेका एकल पुरुषहरुलाई पनि नगरले मासिक भत्ताको ब्यवस्था गरेको हो नगरपालिकाले कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्र लाई प्राथामिक राखेर बजेट ल्याएको छ ।
यस्तै भूमिकास्थान नगरपालिकाले कृषि, स्वास्थ्य, सडक, शिक्षा, पर्यटन पुर्वाधार जस्ता योजनाहरु समेटेर ८० करोड २७ लाख ६३ हजार बजेट सार्वजनिक गरेको नगरप्रमुख रेशम थापाले जानकारी दिनुभयो । सन्धिखर्क नगरपालिकाले ९८ करोड ५० लाख रुपैयाँ विभिन्न शिर्षकमा विनियोजन गरेको जसमा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, खुत्रुके बचत योजना,संचार प्रवर्द्धन योजना, डिजिटल कारोबार व्यवस्था जस्ता महत्वाकांक्षी योजनासहित आर्थिक वर्ष २०७८ / ०७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ भने नगरपालिका भित्रका सम्पुर्ण नागरिक लाई कोरोना विरुद्व खोप लगाउँन ५० लाख बजेट बिनियोजन भएको प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले जानकारी दिनुभयो ।
यस्तै छत्रदेव गाउँपालिकाले ६७ करोड ५१ लाख ७७ हजार बराबरको बजेट विनियोजन गरेको छ । जसमा एक घर एक धारा अभियान , लिफ्टिङ खानेपानी आयोजनाको ३३ प्रतिशत विद्युत महसुल पालिकाले तिर्ने, कृषि, स्वास्थ्यक लगायका क्षेत्रलाई समेटेर बजेट ल्याएको गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलको भनाइ छ । मालारानी गाउँपालिकाले ८० करोड ३३ लाख २४ हजारको बजेट विनियोजन गरेको छ । पालिकाले कृषि ,सहकारी, पर्यटन पशुपालन, पालिका भित्र १५ शैय्याको अस्पताल बनाउने लगायतका विषय लाई बजेटमा समावेश गरेको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यको जानकारी गराउनुभयो । बजेटमा युवा लक्षित स्वरोजगार कार्यक्रम ल्याउन जरुरी छ । यसमा सम्बन्धीत निकायले ध्यान दिन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्