१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जगदम्बाको जस्तापाता उद्योग उद्घाटन, दुई किसिमका उत्पादन हुने


0
Shares

काठमाडौं । जगदम्बा स्टील्स्का संस्थापक अध्यक्ष शंकरलाल अग्रवालले जगदम्बा जस्तापाता उद्योग उद्घाटन गर्नुभएको छ ।

अग्रवालले मंगलबार बिहान बाराको सिमरास्थित अत्याधुनिक प्रविधियुक्त उद्योगको उद्घाटन गर्नुभएको हो । उच्च प्रविधियुक्त उद्योगको डिजाइन तथा जडान कम्पनीका उपाध्यक्ष प्रभात मिश्राले गर्नुभएको हो ।

उद्योगमा दुई किसिमका सुपर साइन (रंगीन जस्तापाता) र ग्याल्भा प्लस (सादा जस्तापाता)को उत्पादन हुने कम्पनीले जनाएको छ । सुपर साइन र ग्याल्भा प्लसले जस्तापाता उत्पादनमा नयाँ आयाम खडा गर्ने कम्पनीको विश्वास छ ।

अत्यधुनिक प्रविधिको प्रयोगका कारण अन्य साधारण जस्तापाताको तुुलनामा यहाँ उत्पादन भएको जस्तापात अत्यधिक मजबुुत र टिकाउ हुने कम्पनीको दाबी छ ।