
काठमाडौं । कारोबार हुने तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सामान्य गिरावट आएको छ । मंगलबार बजार परिसूचक नेप्से ५.२४ अंकले घटेर २ हजार ८ सय १८ अंकमा आएर रोकिएको हो ।
नेप्सेमा आएको गिरावटसँगै कारोबार रकम पनि घटेको छ । यसदिन २ सय २० कम्पनीको १ करोड १ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २२ करोड ४० लाख १८ हजार २ सय ५५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
मंगलबार निर्जीवन बीमा, बैंकिङ, उत्पादन, माइक्रोफाइनान्स र जीवन बीमा समूहमा हरियो बत्ती बल्दा बाँकी समूह राताम्मे भएका छन् । यस दिन राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका प्रयोगकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।
पछिल्ला केही दिनदेखि शेयर बजार निरन्तर ओरालो लाग्दा नयाँ लगानीकर्ताहरू आत्तिएका छन् । शेयर बजारमा प्रवेश गरेदेखि नेप्से बढिरहेको मात्र देखेका लगानीकर्ताहरू हतारहतार शेयर बेचिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्