१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१० जनामा कोभिड देखिएपछि इंग्ल्याण्डद्वारा एकदिवसीय सिरिजका लागि नयाँ टिमको घोषणा


0
Shares

एजेन्सी । इंग्ल्यान्डले पाकिस्तानसँग एकदिवसीय सिरिजका लागि नयाँ टिमको घोषणा गरेको छ ।

इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले मंगलबार बेन स्टोक्सको कप्तानीमा १८ सदस्सीय टिमको घोषणा गरेको हो । यसअघि घोषणा गरेको टिमका ३ खेलाडी र स्टाफसहित ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि इंग्ल्यान्डले नयाँ टिम घोषणा गरेको हो ।

इंग्ल्यान्डले घोषणा गरेको अघिल्लो टिममा स्टोक्स थिएनन् । इंग्ल्यान्डले शनिबार इयान मोर्गनको कप्तानीमा टिमको घोषणा गरेको थियो । बोर्डले कोरोना संक्रमित खेलाडी र स्टाफको नाम भने गोप्य राखिएको छ । उनीहरू सेल्फ आईसोलेसनमा बसेको बोर्डले जनाएको छ ।

इंग्ल्यान्डले घोषणा गरेको टिममा ९ जना अनक्याप खेलाडी परेका छन् । इंग्ल्यान्डले घरेलु मैदानमा पाकिस्तानसँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । पहिलो खेल जुलाई ८ मा कार्डिफमा हुनेछ ।