१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आईसीसीका प्रमुख प्रतियोगिता आयोजना गर्न मलेसियासहित १७ देश इच्छुक


0
Shares

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) का सन् २०२४ देखि २०३१ सम्म हुने प्रमुख प्रतियोगिता आयोजना गर्न मलेसिया, अमेरिका सहित १७ देशले इच्छा देखाएका छन् ।

आगमी २०२४ देखि २०३१ सम्म ट्वेन्टी–ट्वेन्टी विश्वकप, एकदिवसिय विश्वकप, च्याम्पियन्स ट्रफी र यू–१९ विश्वकप लगायतका प्रमुख प्रतियोगिता हुनेछन् । सो प्रतियोगिता आयोजना गर्न लागि ११ टेस्ट राष्ट्रसँगै ६ एसोसियट राष्ट्रले इच्छा व्यक्त गरेका हुन् ।

सन २०२४ देखि २०३१ सम्म चार ट्वेन्टी–ट्वेन्टी विश्वकप, दुई एक दिवसिय विश्वकप र दुई च्याम्पियन्स ट्रफी गरी प्रमुख आठ पुरुष प्रतियोगिता हुनेछन् । आइसिसीले आफ्ना सदस्य राष्ट्रलाई प्रतियोगिता आयोजना टेक्निकल प्रस्तावको लागि आमन्त्रण गरेको थियो ।

अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, मलेसिया, नामिबिया, न्यूजिल्यान्ड, ओमान, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, अमेरिका, यूएई र जिम्बावेले प्रारम्भिक प्रस्ताव पठाएको आइसिसीले जनाएको छ । आगामी विश्वकप रोडम्याप भने सार्वजनिक गरिएको छैन ।

२०२४ देखि ट्वेन्टी–ट्वेन्टी विश्वकपमा २० देशले सहभागी जनाउने छन् । २०२७ को एकदिवसिय विश्वकप देखि १४ देशले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियन्स ट्रफीमा आइसिसी ओडिआई वरियता शीर्ष आठ टोलीले प्रतिस्पर्धा गर्ने छन् । कुन प्रतियोगिता कसले आयोजना गर्ने आइसिसीको बोर्ड बैठकले छनोट गर्नेछ ।