२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


स्पेनलाई हराउँदै इटाली फाईनलमा


0
Shares

एजेन्सी । स्पेनलाई हराउँदै इटाली युरोकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

इंग्ल्याण्डको लण्डनस्थित वेम्बले रंगशालामा आज बिहान सकिएको सेमिफाईनल खेलमा इटाली टाई बे्रेकरमा विजयी भयो ।

खेलको ६० औं मिनेटमा फेडेरिको किएसाले गोल गर्दै इटालीलाई अग्रता दिए । ८० औं मिनेटमा अल्भारो मोराटाले स्पेनका लागि बराबरी गोल गरे ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुग्यो । अतिरिक्त समयमा पनि गोल नभएपछि खेलको छिनाफानो टाइब्रेकरबाट भएको हो ।

टाई ब्रेकरमा इटाली ४–२ ले विजयी भयो । स्पेनका मोराटाले गोल गर्न नसकेपछि इटालीको तर्फबाट अन्तिम प्रहार गर्न आएका जर्जीनोले खेलको निर्णायक गोल गरे ।

इटालीले अब फाईनलमा इंग्ल्याण्ड र डेनमार्कबिच आज हुने दोस्रो सेमिफाईनल खेलको विजेतासँग खेल्नेछ ।