१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेदरल्याण्डसका एक जना क्राइम रिपोर्टरमाथि गोली प्रहार


0
Shares

एजेन्सी । नेदरल्याण्डस्को एउटा टेलिभिजनका रिपोर्टर पिटर दि भ्रेइसमाथि गोली प्रहार भएको छ । नेदरल्याण्ड्सको आम्सटर्डम शहरमा एक ब्यक्तिले क्राइम रिपोर्टर पिटरमाथि गोली प्रहार गरेका हुन् ।

गोली लागि गम्भीर घाइते भएका पिटरको अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा निकै चोट लागेका कारण स्थिती गम्भीर रहेको बुझिएको छ ।

टेलिभिजन कार्यक्रम सञ्चालन गरी निस्केपछि उनीमाथि गोली प्रहार भएको हो । केही समयअघि ज्यान मार्ने धम्की आएका कारण उनको सुरक्षार्थ सुरक्षाकर्मी उपलब्ध गराईएको थियो ।

घटना संल्ग्न भएको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाइएको छ । यसैबीच उनीमाथि गोली प्रहार भएको दृश्य सामाजिक सञ्जालमा नराख्न प्रहरीले सर्वसाधारणलाई अपील गरेको छ ।

पत्रकारिता क्षेत्रमा दक्ष पत्रकारको छबि बनाएका पिटर नेदरल्याण्ड्सको प्रख्यात क्राइम रिपोर्टर हुन् । पछिल्लो समय अन्यायमा परेका एक ब्यक्तिको न्यायका लागि १० लाख युरो जुटाएपछी उनी निकै चर्चामा आएका थिए ।

यसैबीच नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुट गेभले घटनाको निन्दा गर्दै पिटरको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।