१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्याग्दीमा बाढीले श्रीमानकाे मृत्यु, श्रीमती वेपत्ता


0
Shares

काठमाडौ‌ । म्याग्दीको मालिका गाउँपालिका–६, रातोढुङ्गामा बाढीले घर बगाउँदा एक जनाको मृत्यु भएको छ ।

बाढीले बगाएका अर्का एक जनाको अवस्था अज्ञात छ । मङ्गला गाउँपालिका–५ को खहरेखोलामा आज बिहान आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन गर्दा खगेन्द्र रोकाको घर बगाएको हो ।

घरभित्र सुतिरहेका मालिका–६ का खगेन्द्रका छोरा बजिन र बुहारी बिनालाई बाढीले बगाएको मालिका–६ का वडाध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो ।

बजिनको शव भेटिएको छ भने बिना बेपत्ता भएकी छिन् । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएका प्रहरी, जनप्रतिनिधि र स्थानीयवासी बेपत्ताको खोजी र जोखिममा रहेका घरको व्यवस्थापनमा खटिएका छन् ।