१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा


0
Shares

एजेन्सी । कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताकोे फाईनलमा प्रवेश गरेको छ ।

ब्राजिलमा आज बिहान भएको सेमिफाइनल खेलमा अर्जेन्टिना टाई ब्रेकरमा विजयी भयो । खेलमा अर्जेन्टिनाका लौतारो मार्टिनेजले पहिलो गोल गरेपनि कोलम्बियाका लुइस डियाजले बराबरी गोल गरेपछि खेल टाइ ब्रेकरमा पुगेको हो ।

टाइ ब्रेकरमा अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टीनेजले तीन वटा प्रहार रोक्दै टोलीलाई फाईनलमा पु¥याए ।

अर्जेन्टिनाले अब फाइनलमा आयोजक ब्राजिलसँग उपाधिको लागि खेल्नेछ । पहिलो सेमिफाइनलमा पेरुलाई पाखा लगाउँदै ब्राजिल फाइनलमा पुगेको हो ।

कोपा अमेरिका फुटबलको जारी संस्करणको फाइनल खेल आगामी आइतबार बिहान पौने ६ बजे ब्राजिलको रियो दि जेनेरियो शहरको प्रसिद्ध माराकाना रंगशालामा हुनेछ ।