१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुजिता भण्डारीको मृत्यु प्रकरणः चितवनमा कर्फ्यू जारी


0
Shares

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले राप्ती नगरपालिकाको तनावग्रस्त क्षेतमा कर्फ्यु जारी गरेको छ ।

सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर स्थानीयले राजमार्ग अवरूद्ध, हुलहुज्जत, ढुंगामुडा, आगजनी तथा हुलदंगा गर्ने भन्दै कर्फ्यु जारी गरीएको हो ।

प्रसाशनले हिजो साँझ साढे सात बजेदेखि आज साँझ साढे सात बजेसम्म कफ्र्यु जारी गरीएको जनाएको छ ।

राप्ती नगरपालिका लोथरपुलदेखि डढुवासम्मको राजमार्गको दायाँ बायाँ पाँच सय मिटर भित्र पर्ने सबै क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रसासन कार्यालय चितवनले जनाएको छ ।

गत असार ११ गते घरबाट साथीको घरमा हिँडेकी सुजिताको ११ दिनपछि आइतबार दिउँसो सामुदायिक वनमा शव फेला परेको थियो ।