१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सात कक्षामा पढ्ने बालिकाले जन्माइन् बच्चा, सहपाठीले ब्ल्याकमेल गरेको खुलासा


0
Shares

एजेन्सी । भारतको पश्चिम बंगालमा सात कक्षामा पढ्ने बालिकाले बच्चा जन्माएकी छन् । १३ वर्षीया बालिकालाई ब्ल्याकमेल गरेर सहपाठीले सम्बन्ध बनाएको खुलासा भएको छ ।

घटनापछि आरोपी सहपाठी आफ्नो परिवारको साथमा बंगलादेश भागेका छन् । आरोपीका हजुरबुवा बंगलादेशमा बस्ने गरेका छन् ।

पीडितकी आमाले स्थानीय प्रहरी चौकीमा छोरीको नाबालिग सहपाठीविरुद्ध उजुरी गरेकी छन् । उनले छोरीको अन्तरङ्ग तस्वीरहरू मोबाइलमा राखेर ब्ल्याकमेल गरेको आरोप लगाएकी छन् ।

प्रहरीले घटनाको विषयमा अनुसन्धान थालेको प्रहरीलाई उद्धृत गर्दै भारतीय टेलिभिजन आजतकको अनलाइन संस्करणले जनाएको छ ।