२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


धनकुटामा प्रशासनअघि विपक्षी दलको विरोध प्रदर्शन


0
Shares

धनकुटा । विपक्षी दलहरूले जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रर्दशन गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाका प्रदेशसभा सदस्यसहितका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।

पाख्रिबास नगरपालिकामा तोडफोडको विषयमा आफ्ना कार्यकर्तालाई झुटा मुद्दा लगाइएको भन्दै क्रमबद्ध आन्दोलनको तयारी गरेका छन् । सोही क्रममा बुधबार प्रशासनअघि जुलुस र विरोध गरिएको नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले जानकारी दिनुभयो ।

असार १० गते पाख्रिवास नगरपालिकामा बजेट प्रस्तुत गर्ने क्रममा विभेद गरेको भन्दै विपक्षी नेता तथा कार्यकर्ताले नगरपालिकामा तोडफोड गरेका थिए ।