१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


अस्ताएका दिलिप कुमारका सम्मानकाे चर्चा


0
Shares

एजेन्सी । एक समय भारतिय चलचित्र उद्योगमा एकछत्र राज गरेका अभिनेता दिलिप कुमारको बुधबार ९८ वर्षको उमेरमा निधन भएको छ ।

१९४० को दशकमा भारतिय फिल्म उद्योगमा प्रवेश गरेका दिलिप कुमारले ६० वर्षको बलिउड करिअरमा सम्मानस्वरूप दर्जनौं अवार्ड र पुरस्कार पाएका छन् । सन् २०१९ मा भारतिय चलचित्र क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै वल्र्ड बुक अफ रेकर्डमा उहाँको नाम समेटिएको थियो ।

दिलिप कुमारलाई भारत सरकारले सन् १९९१ मा पद्मभुषण पुरस्कारले सम्मान गरेको थियो भने २०१६ मा भारतको दोस्रो सबैभन्दा महान नागरिकको रूपमा पद्विभुषण पुरस्कार पाएका थिए । यो पुरस्कार दिलिप कुमारको मुम्बई स्थित निवासमा तत्कालिन गृहमन्त्री राजनाथ सिंहले प्रदान गर्नुभएको थियो ।

१९९७ मा पकिस्तान सरकारले उहाँलाई महान नागरिक सम्मान ‘निशान ए इस्तियाज’ बाट सम्मान गरेको थियो । पुरस्कार लिनका लागि दिलिप कुमारले तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीसँग अनुमति लिनुभएको थियो ।

भारतको सबैभन्दा ठूलो अवार्ड वितरण कार्यक्रम फिल्म फेयर अवार्डबाट उहाँलाई सन् १९९४ मा लाइफ टाईम एचिवमेन्ट अवार्ड पाउनुभएको थियो । उनले सन् १९५४ ‘दाग’, १९५६ ‘आजाद’, १९५७ ‘देवदास’, १९५८ ‘नयाँ दौर’, १९६१ ‘कोहिनूर’, १९६५ ‘लिडर’, १९६८ ‘राम और श्याम’ र सन् १९८३ मा ‘शक्ति’ फिल्मबाट उत्कृष्ट अभिनेताको अवार्ड पाएका थिए ।

भारतको अर्को चर्चित अवार्ड कार्यक्रम आइफाले २००४ मा भारतिय सिनेमामा उत्कृष्ट योगदान दिएको भन्दै उनर्ला पुरस्कृत गरेको थियो । भारत सरकारको नेश्नल अवार्डमा सन् १९६१ मा दोस्रो सर्वश्रेष्ठ फिचर फिल्म ‘गंगा जमुना’को लागि उनलाई मेरिटको प्रमाण पत्र प्रदान गरेको थियो ।

सन् १९९५ मा भारतको प्रसिद्ध पुरस्कार दादा साहब फाल्के पुरस्कार पाएका दिलिपले सन् २००९ मा सिएनएनले लाईफ टाईम अचिवमेन्ट अवार्डल पनि सम्मानित भएका थिए ।