
काठमाडौं । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण बुधबारदेखि सुरु भएको छ ।
एक साता अगाडि नै सुरु हुने तय भएको प्रशिक्षण खेलाडी तथा टोलीका सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएपछि स्थगित भएको थियो ।
साफ फुटबल च्याम्पियनसिप र एएफसी एशियन कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणका लागि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले ५० खेलाडीलाई बोलाएका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु भएको प्रशिक्षण दुई चरणमा हुनेछ । साफ च्याम्पियनसिप आगामी सप्टेम्बर १४ देखि २५ तारिखसम्म बङ्गलादेशमा हुनेछ भने एशियन कपको अन्तिम छनोट सन् २०२२ को फेबु्रअरीमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्