
काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जन्मदिनको शुभकामना दिएकोप्रति ट्विटरप्रयोगकर्ताहरुले आपत्ति जनाएका छन् ।
कोइरालाले पूर्वराज शाहलाई पूर्वराजा नभनी श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव भनि सम्बोधन गरेपछि ट्विटरप्रयोगकर्ताको तारोमा मनिषा पर्नुभएको हो ।
मनिषाले लेख्नुभएको छ, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव को ७५ औं शुभजन्मोत्सबको उपलक्ष्यमा मौसूफ सरकारको सुख,शान्ति, सुस्वास्थ्य, एबं दीर्घ जीवनका लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।’
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव को ७५ अौं शुभजन्माेत्सबको उपलक्ष्यमा मौसूफ सरकारको सुख,शान्ति, सुस्वास्थ्य, एबं दीर्घ जीवनका लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । pic.twitter.com/DTvNcRmW5l
— Manisha Koirala (@mkoirala) July 7, 2021
मनिषालाई पूर्व राजा लेख्न सबैले सुझाएका छन् । शर्मा एसआरले मनिषाको ट्विटमा प्रतिक्रिया दिनुभएको छ, ‘महाराजाधिराज! मौसुफ! हामीलाई जनताबाट रैति हुन यत्रो रहर किन के!’
त्यस्तै भुसु आर दुवाडीले नेपालको संविधानले नै शाहलाई पूर्वराजा बनाइदिसकेको उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘राज्यको संविधान ले अब यिनलाई पूर्व राजा बनाइदिएको छ। यो देशको नागरिक हु भन्नुहुन्छ भने तपाईंले नी पालना गर्न पर्छ, उहाँ अब श्री ५ महाराज धीराज होइन मात्र पूर्व राजा हो। तपाईंजस्तो बुझेको मान्छेले देशको संविधान विपरित बोल्दा हामीले अरूबाट के आशा राख्ने ?’
यस्तै मन बस्नेतले लेख्नुभएको छ, ‘कोइराला हुदैमा सबैले असल राजनिती नै गर्छन भन्ने छैन। यी बाउ छोरी (र काकाजी पनि ) सय वर्ष अधिको राजनितिक चेतना बोकेर हिडछन्। हजुरबा अहिलेसम्म जिवित रहनुभएको भए लाज मान्नुहुन्थ्यो होला।’
मनिषा वीपी कोइरालाका नातिनी हुन् । मनिषाका कान्छा हजुरबुबा गिरिजाप्रसाद कोइरालाले नेपालमा राजा फालेर गणतन्त्र ल्याउन नेतृत्वदायी भूमिका खेल्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्