
पाल्पा । पाल्पामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएके छ । तिनाउँ गाउँपालिका ५ गिट्टी खानीको हिउँदे खोला क्षेत्रमा माथि बाट झरेको पहिरोले घर बगाउँदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको हो ।
पहिरोमा पुरिएको अवस्थामा गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरोले घर बगाउदा सोही ठाउँका पुजा परियारको ४ बर्षिय छोरा आरोप परियार बेपत्ता भएका छन ।
पहिरोले हिउँदे खोला क्षेत्रका नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पुरिएको छ ।
यस्तै पहिरोको कारण सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्डमा बन्द भएको छ ।
सिद्धवावा, झुम्सा, पानी मिल, हिउदे खोला, कालीमाटी क्षेत्र, लामेदमारमा पहिरो खसी सडक अवरुद्ध भएको पाल्पा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्