१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पहिरोमा परी तनहुँमा एक बेपत्ता


0
Shares

तनहुँ । पहिरोमा पुरिएर तनहुँमा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रिसिङ गाउँपालिका–८ माझकोटका ४० वर्षीय खुमबहादुर थापा रहेका छन् ।

बेपत्ता थापाको प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । त्यस्तै उनको गोठमा रहेको तीन वटा भैँसी पनि पहिरोले पुरेको छ ।

बुधबारदेखि परेको अविरल वर्षाका कारण खहरे खोलामा बाढी आउँदा बन्दीपुरमा ६ वटा घर बगाएको छ । खहरे खोलामा आएको बाढीले घर बगाए पनि मानविय क्षति भने नभएको गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले जानकारी दिनुभयो ।

पहिरोग्रस्त क्षेत्रका स्थानीयलाई आमा समूहको भवनमा सुरक्षित सारिएको उहाँले बताउनुभयो ।