१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु, चालक घाइते


0
Shares

चितवन । ट्रकको ठक्करबाट चितवनमा स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेका स्कुटरमा पछाडि सवार भरतपुर महानगरपालिका–१५ मंगलपुरकी ३० वर्षीया बिणु दवाडी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुर–३ पुल्चोकमा ना ५ ख ५८१६ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ५९ प ३५०४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते दवाडीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

स्कुटर चालक जिल्ला भरतपुर–१५ मंगलपुरकी २२ वर्षीया जस्मिन न्यौपानेको अवस्था मध्यम रहेकाले उपचार भइरहेको छ । ट्रक र ट्रक चालक चितवन प्रहरीको नियन्त्रणमा लिएको छ ।