२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पूर्वनिर्धारित समय अघि नै अफगानिस्तानबाट सेना फिर्ता बोलाइसक्ने अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ


0
Shares

एजेन्सी । अमेरिकाले पूर्व निर्धारित समयसीमा अगावै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता बोलालाइ सक्ने स्पष्ट पारेको छ ।

राष्ट्रपति जो बाइडेनले यसअघि सेप्टेम्बर ११ अघि सेना फिर्ता हुने जनाएपनि अगस्टमै अमेरिकी सेना स्वदेश फिर्ता भइसक्ने स्पष्ट पारेका हुन ।

अफगानिस्तानका विभिन्न शहरमा तालिावानी लडाकूहरुका गतिविधि सक्रिय भएका बेला राष्ट्रपति बाइडेनको यस्तो प्रतिक्रिया आएको हो। सन् २००१ सेप्टेम्बर ११ मा आफ्नो देशमा आतंकवादी हमला भएसँगै अमेरिकाले २० वर्ष अफगानिस्तानमा विद्रोहीसँग लडेको हो ।

यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकी सेना फिर्ता बोलाउने मिति तय गरेपनि बाइडेनले पूर्व निर्धारित मिति हेरफेर गरेका थिए ।

अमेरिकाले तालिवानीविरुद्धको कारवाही अन्त्य भएको घोषणा गरेपनि अफगानिस्तानमा कुटनीतिक नियोग र विमानस्थलको सुरक्षाका लागि भने पाँच सयदेखि एक हजार जना सेनार्लाइ निरन्तरतता दिने बताइएको छ ।

पछिल्लो समय भएको एक सर्वेक्षणमा अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता हुन व्यापक समर्थन आएको बताइएको छ । यता अमेरिकी सेनाको फिर्ता प्रक्रिया सुरु भएसँगै अफगानिस्तानमा तालिवानकिा गतिविधिहरु तीव्र भएसँगै सर्वसाधारण त्रसित भएका छन् ।

विभिन्न दुर्गम क्षेत्रमा बालबालिकाहरु विद्यालय जान सार्वर्जनिक स्थलमा सर्वसाधारणले आवागमन बन्द गरेको समाचारमा जनाइएको छ ।