३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


ललिता निवासको जग्गा सरकारीकरण गर्ने प्रक्रिया रोक्न अन्तरिम आदेश जारी


13
Shares

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारको ललिता निवासको जग्गा सरकारीकरण गर्ने प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेको छ ।

भाटभटेनी डिर्मामेन्ट स्टोरका मालिक मिनबहादुर गुरुङकी बुहारी सरला गुरुङका तर्फबाट दायर गरिएको रिटमा सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो ।

न्यायाधीश कुमार चुडालको इजलासले ललिता निवास जग्गा प्रकरणको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामै सरकारले सुरु गरेको जग्गा सरकारीकरण गर्ने प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको हो ।

उक्त जग्गा सरकारको नाममा गर्ने प्रक्रियाबाट अदालतमा विचाराधीन मुद्दालाई वेवास्ता गरिएको र उक्त कुरा कानुनी रुपमा ठीक नभएको सर्वोच्चले उल्लेख गरेको छ ।

न्यायाधीश चुडालको एकल इजलासले असार १० गते नै उक्त आदेश जारी गरेको थियो ।