
काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
आज सुन तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ ।
शुक्रबार चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्