१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


टोकियो ओलम्पिकमा आन्तरिक दर्शक प्रवेशमा पनि रोक


0
Shares

एजेन्सी । जापानले टोकियो ओलम्पिकमा आफ्नै देशका दर्शक पनि नराख्ने निर्णय गरेको छ ।

कोरोना महामारीलाई ध्यानमा राख्दै जुलाई २३ देखि जापानमा सुरु हुने ओलम्पिकमा आफ्नै देशका दर्शक प्रवेशमा पनि रोक लगाइएको हो । जापान सरकार, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी, टोकियो २०२० आयोजक समिति र टोकियो महानगरको बैठकले देशका दर्शकलाई प्रवेश गर्न नदिने निर्णय गरेको हो ।

यसअघि नै आयोजकले विदेशी दर्शकलाई प्रवेश निषेध गर्ने निर्णय गरिसकेको थियो । जापान सरकारले टोकियोमा स्वास्थ्य संकटकाल लागू गरेपछि ओलम्पिकमा दर्शकलाई निषेध गर्ने निर्णयमा आयोजक पुगेको हो । टोकियोमा पछिल्लो समय कोभिड–१९ को संक्रमण बढ्दै गएको छ ।

जापानी प्रधानमन्त्री योशिहिदे सुगाले कोभिड–१९ को डेल्टा भेरियन्ट फैलिरहेकाले टोकियोलाई सुरक्षित राख्न आवश्यक रहेको बताउनुभएको छ । ओलम्पिक सुरु हुन अब दुई साता मात्र बाँकी छ । ३१औं गृष्मकालिन ओलम्पिक अगष्ट ८ सम्म जापानमा आयोजना हुँदैछ । जहाँ ३३ खेलका ३ सय ३९ इभेन्ट हुनेछन् । प्रतियोगितामा करिब ११ हजार खेलाडीले सहभागिता जनाउने छन् ।