
हेटौँडा । प्रतिपक्षी दलहरुले अवरुद्ध गर्ने चेतावनी दिएपनि बागमती प्रदेशसभाको बैठक आज दिउँसोका लागि बोलइएको छ ।
सरकारले प्रतिपक्षी दलहरुसँग छलफल नै नगरी विभिन्न शीर्षकमा बजेट विनियोजन गरेको भन्दै प्रतिपक्षी दलहरुले विरोध गरेका हुन् ।
उनीहरुले आम सञ्चार गृह सञ्चालन, विद्युतीय बस सञ्चालन, सुरुङमार्ग र दुई वटा बजेट किताबको विषयमा सरकारले आफूहरुका मागप्रति बेवास्ता गरेकाले बैठक सञ्चालन हुन नदिने बताउँदै आएका छन् ।
यसअघि पनि प्रतिपक्षीको विरोधका कारण सरकारले यही असार १ गते पेश गरेको बजेटमा छलफल हुन पाएको छैन ।
पटक पटक छलफल गरेपनि दलिय सहमति नभएपछि यसअघि सूचना टाँसेर प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।
बागमती प्रदेश सरकारले ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट प्रस्तुत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्