१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चक्कु प्रहार गरी आफ्नै दाइको हत्या


0
Shares

विराटनगर । मोरङ प्रहरीले आफ्नै दाइको हत्या आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका पृथ्वी चोकका साजन सिंह रहेका छन् ।

सिंहले गए राति आफ्नै दाजु भोलामाथि चक्कु प्रहार गरेका थिए । घरायसी विवादमा चक्कु प्रहारबाट गम्भीर घाइते उनको उपचारका क्रममा विराट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साजनलाई राति साढे ११ बजे नै नियन्त्रणमा लिएको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।