१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मध्यपहाडी लोकमार्ग पटक–पटक अवरुद्ध, सास्ती खेप्न बाध्य यात्रु


0
Shares

पर्वत । निर्माणाधीन मध्यपहाडी लोकमार्ग पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्न बाध्य भएका छन् । दैनिकजसो सडकमा खसेको पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नु परेको हो ।

सडकको पर्वत खण्ड अन्तर्गत बागलुङ सीमाको मालढुङ्गादेखि कास्कीको सीमा नयाँपुलसम्म दिनहुँ सडक अवरुद्ध हुँदै आएको छ । कुश्मा–८ दोबिल्ला स्थित सुन्दरेखोलाले सडक क्षतविक्षत बनाएपछि यातायात एकतर्फी रूपमा मात्र सञ्चालनमा आएको छ ।

लोकमार्गकै पर्वतको कुश्मा नगरपालिका–२ अर्मादी र नयाँपुलको बीचमा खसेको पहिरो हटाएर सडक सहज बनाउन अझै ४ दिन लाग्ने बताइएको छ । निर्माणाधीन कालीगण्डकी करिडोर पनि वर्षासँगै आएको पहिरोले भत्कदा आवतजावत टुटेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीले पहिरो हटाएर राजमार्ग सहज बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो । नयाँपुल नजिकै खसेको पहिरो हटाएर सडक सञ्चालन गर्न अझै केही दिन लाग्ने बताइएको छ ।

बागलुङ, बेनीलगायतबाट आउजाउ गर्ने साना सवारीलाई भने वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।