१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बाढीपीडितलाई १५ सय बण्डल जस्ता र प्रतिपरिवार ५० हजार दिने प्रधानमन्त्रीको आश्वासन


0
Shares

सिन्धुपाल्चाेक । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पीडितका लागि १५ सय बण्डल जस्ता र प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने आश्वासन दिनुभएको छ ।

शनिबार मेलम्ची बचार र हेलम्बुमा इन्द्रावती र मेलम्ची नदीको पुर्याएको क्षतिको अवलोकन गर्न आउनुभएका प्रधानमन्त्री ओलीले अस्थायी वासस्थानका लागि १५ सय बण्डल जस्ता र प्रतिपरिवार ५० हजार रुपैयाँको आश्वास दिनुभएको हो ।

मेलम्ची र हेलम्बुमा गरेर ३ सय ७६ घरपरिवारलाई बाढीले विस्थापित बनाएको छ ।

यस्तै, प्रधानमन्त्री ओलीले स्थायी घर बनाउनका लागि मेलम्ची नरपालिकाका स्थानीयलाइ प्रतिपरिवार ४ लाख र हेलम्बु गाउँपालिकाका स्थानीयलाई प्रतिपरिवार ५ लाख रुपैयाँ रकम उपलब्ध गराउनेसमेत आश्वासन दिनुभएको छ । हेलम्बु हिमाली क्षेत्र भएकाले १ लाख रुपैयाँ बढी उपलब्ध गराइएको उहाँको भनाइ छ ।

त्यसैगरी प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको क्षति एकिन गरी सुचालु गर्न पनि निर्देशन दिनुभएको छ । आयोजना पुनर्निर्माणका लागि सरकारले रकम उपलब्ध गराउने भएकाले द्विविधाविना काम गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

मेलम्ची र हेलम्बुकाे अवलाेकनपछि प्रधानमन्त्री ओली काठमाडाैं फर्किसक्नुभएकाे छ ।