१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


घाँस काट्न गएकी किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा युवक पक्राउ


0
Shares

चितवन । किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा चितवनमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती नगरपालिका–७ बस्ने २७ वर्षीय महेन्द्र सापकोटा रहेका छन् ।

शुक्रबार दिउँसो साढे ४ बजेतिर घाँस काटिरहेकी १७ वर्षीय किशोरीलाई पछाडिबाट मुख थुनेर जबरजस्ती करणी गर्न खोजेको आरोपमा सापकोटालाई पक्राउ गरिएको चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

युवतीले चिच्याएपछि छिमेकीहरूले सापकोटालाई नियन्त्रणमा लिएका थिए । पछि उनीहरूले प्रहरी बोलाएर सापकोटालाई प्रहरीको जिम्मा लगाएका थिए । सापकोटा विरुद्ध आइतबारa म्याद थप गरी अनुसन्धान अघि बढाइने थापाले बताउनुभयो ।