
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई स्वास्थ्यमा समस्या देखिएकाे छ । शनिबार उहाँको सचिवाललयले प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई जनै खटिरा आएको जानकारी दिएको हो ।
एमाले एकता कार्यदलको बैठक बसिरहेको बेलामा शनिबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाललाई भेट्न गएपछि नेता नेपालको सचिवालय यस्तो विज्ञप्ति जारी गरेको हो । विज्ञप्तिमा माधव नेपालललाई जनै खटिरा आएको र केही दिनदेखि घरमै आराम गरेर स्वास्थ्य लाभ गरिरहेकाे उल्लेख गरिएकाे छ ।
साथै माओवादी केन्द्रका अध्यक्ष दाहालले वरिष्ठ नेता नेपालको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएर स्वास्थ्यलाभको कामना गर्नुभएको नेपालका स्वकीय सचिव मोहन गौतमले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । उहाँले दुई नेताहरूबीच अन्य विषयमा कुराकानी नभएको पनि प्रस्ट पार्नुभएको छ ।
एमाले एकता कार्यदलको बैठक सहमतिनजिक भएपछि अध्यक्ष दाहालको दौडधुप बढेको छ । शनिबार नै उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत भेट्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्