१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाढीपीडितका आवासको पुनर्निर्माणमा ढिलासुस्ती नगर्ने प्रधानमन्त्री ओलीको आश्वासन


0
Shares

किरण थापा
मेलम्ची । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची बाढीपीडितका आवास पुनर्निर्माणमा ढिलासुस्ती नगर्ने आश्वासन दिनुभएको छ ।

हेलम्बु गाउँपालिका स्थित गणेशे बगर र मेलम्चीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार नागरिकको समस्यामा सधैँ साथमा रहेको बताउँदै पुनर्निमाणमा ढिलासुस्ती हुन नदिने आश्वासन दिनुभयो ।

ओलीले बाढीबाट क्षति पुगेका ३ सय ६६ घरपरिवारलाई सरकारले तत्कालका लागि प्रतिपरिवार ५० हजार दिने घोषणासेमत गर्नुभएको छ ।

असार १ गते मेलम्ची नदीमा आएको बाढीको निरीक्षणका क्रममा ओलीले पीडितका लागि १५ सय बण्डल जस्तापाता उपलब्ध गराउने आश्वासन दिनुभयो ।

बाढीले भत्काएका पुल, विद्यालय सरकारले बनाउने प्रतिबद्धता व्यक्त गर्दै ओलीले घाइतेको उपचार सरकारले गर्ने जानकारी घोषणा गर्नुभयो ।

यो पनि पढ्नुहोस्
मेलम्ची पुगेर ओलीले भने, ‘राजनीति गरेर विकासमा बाधा नपुर्‍याउनुस्’
बाढीपीडितलाई १५ सय बण्डल जस्ता र प्रतिपरिवार ५० हजार दिने प्रधानमन्त्रीको आश्वासन