
एजेन्सी । लेटिन अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियागिता कोपा अमेरिकाको उपाधिका लागि अहिले ब्राजिल र अर्जेन्टिना भिडिरहेका छन् ।
ब्राजिलको रियो दि जेनेरियोस्थित प्रसिद्ध माराकाना रंगशालामा यो खेल भईरहेको छ । आयोजक ब्राजिलले आफ्नै मैदान र समर्थक माझ कोपा अमेरिकाको उपाधि उचाल्ने लक्ष्यमा छ ।
अर्जेन्टिना पनि ब्राजिललाई उसैको भूमिमा स्तब्ध पार्दै विजेता बन्न चाहन्छ । अर्जेन्टिना आफ्ना प्रभावशाली कप्तान लियोनल मेस्सीलाई करियरमा पहिलो मेजर उपाधि दिलाउने अभियानमा छ ।
सेमिफाईनलमा कोलम्बियालाई हराउँदै अर्जेन्टिना तथा पेरुलाई पाखा लगाउँदै ब्राजिलले फाईनलमा स्थान पक्का गरेका थिए ।
अर्जेन्टिनाले अहिलेसम्म १४ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । यसपटक उपाधि जितको खण्डमा उसले सर्वाधिक १५ पटक उपाधि जित्ने उरुग्वेको किर्तीमान बराबरी गर्नेछ ।
विश्वकप फुटबलको सर्वाधिक सफल टोली ब्राजिलले भने अहिलेसम्म ९ पटक मात्रै कोपा अमेरिका जितेको छ ।
प्रतिक्रिया दिनुहोस्