
एजेन्सी । यस वर्षको विम्बल्डन टेनिसको उपाधि अष्ट्रेलियाकी अस्लेइग बार्टीले जितेकी छिन् ।
लण्डनमा भएको फाइनलमा चेक रिपब्लिककी क्यारोलिना प्लिस्कोभालाई हराउँदै विश्व नम्बर एक बार्टी च्याम्पियन बनेकी हुन् ।
उपाधि जित्ने क्रममा २५ वर्षीय बार्टीले प्लिस्कोभा विरुद्धको खेल ६–३, ६–७ र ६–३ को सेटमा जितिन् । योसँगै बार्टीले पहिलो पटक विम्बल्डन तथा समग्रमा दोस्रो ग्राण्डस्लाम उपाधि जितिन् ।
यस अघि उनले फ्रेन्च ओपन जितेकी थिइन् । विम्बल्डन टेनिसको पुरुषतर्फको उपाधिका लागि आज सर्वियाका नोभाक जोकोभिच र इटालीका माटियो बेरेटिनी भिड्ने छन् ।
प्रतिक्रिया दिनुहोस्