२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


२८ वर्षपछि कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जित्यो


0
Shares

एजेन्सी । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ ।

आज भएको उपाधि भिडन्तमा ब्राजिललाई १-० हराउँदै अजेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनाका लागि डि मारियाले २२ औं मिनेटमा गोल गरेका थिए । अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि १५ औं पटक जितेको छ ।

लियोनल मेस्सीले आफ्नो देशका लागि यो पहिलो सिनियर उपाधि जितेका हुन् । यसअघि मेस्सीले सन् २००८ मा बेइजिङ ओलम्पिकमा स्वर्ण जितेका थिए ।

आइतबार विहान भएको कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई १–० गोलले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बन्दा एन्जल डि मारिया नायक सावित भए ।

सन् १९९३ पछि मुख्य प्रतियोगिताको पहिलो उपाधि जित्ने क्रममा अर्जेन्टिनाका मारियाले घरेलु टिम ब्राजिलविरुद्ध खेलको २२ मिनेटमा गोल गरेका हुन् । डि पाउलले दिएको लामो पासमा डि मारियाले उत्कृष्ट गोल गर्दा घरेलु टिम स्तब्ध बन्यो ।

पहिलो हाफमा पछि परेको ब्राजिलले दोस्रो हाफमा बराबरी गोल फर्काउन गरेको प्रयास सफल हुन सकेन ।

अर्जेन्टिनी स्टार लिओनल मेसीका लागि पनि यो पहिलो मुख्य प्रतियोगिताको उपाधि हो । मेसीले यसअघि अर्जेन्टिनाको जर्सीमा चार वटा फाइनल खेले पनि उपाधि जित्न सकेका थिएनन् ।

यसैबीच मेसी कोपा अमेरिकाका प्रतियोगिताको उत्कृष्ट खेलाडी एवं सर्वाधिक गोलकर्ता बनेका छन् । मेसीले ७ खेलमा ४ गोल र ५ असिस्ट गरे । अर्जेन्टिनाले गरेका १२ गोलमध्ये ९ गोलमा मेसीको प्रत्यक्ष भूमिका रह्यो।