११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


नेपालमा जति सस्तो स्वास्थ्य उपचार संसारमा कतै छैन: प्रधानमन्त्री


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जति सस्तो स्वास्थ्य सुविधा कहीँ नभएको बताउनुभएको छ ।

वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले यस्ताे बताउनुभएको हो ।

संसारका जुनसुकै मुलुक भन्दा धेरै सस्तो उपचार नेपालमा भएको उहाँले जिकिर गर्नुभयो ।

आफ्नो किड्नी प्रत्यारोपण गर्दा ७/८ लाख मात्रै लागेको तर त्यही उपचार गर्दा अन्य देशमा धेरै खर्च लाग्ने उहाँले बताउनुभयो ।