
म्याग्दी । वर्षासँगै आएको पहिरोका कारण म्याग्दीका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । विभिन्न ठाउँमा खसेको पहिराका कारण बेनी–दरबाङ सडक र बेनी– जोमसोम लगायतका एक दर्जन बढी सडक अवरुद्ध भएका हुन् ।
सडक खुलाउन प्रयास जारी रहेको प्रहरीले जनाएको छ । सडक संचालनमा आउन अझै दुई दिन लाग्ने जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक श्याम कुमार राईले जानकारी दिनुभयो ।
त्यस्तै सदरमुकाम बेनी बजार आसपासमा क्षेत्रमा गएको पहिरोका कारण यहाँका विद्यालय र सरकारी कार्यालय जोखिममा परेका छन् । अविरल वर्षाका कारण खसेको पहिरोका कारण बजार क्षेत्रमा जोखिम बढेको हो ।
प्रतिक्रिया दिनुहोस्