
एजेन्सी । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले यस वर्षको विम्बल्डन टेनिसको उपाधि जितेका छन् ।
लण्डनमा गएराति भएको फाईनल खेलमा इटालीका माटियो बेरेटीनीलाई ६–७, ६–४, ६–४ र ६–३ को सेटमा हराउँदै जोकोभिच च्याम्पियन बनेका हुन् ।
जितसँगै जोकोभिचले सर्वाधिक ग्राण्डस्लाम उपाधि जित्ने रोजर फेडेरर र रफाइल नदालको २० उपाधिसँग बराबरी गरेका छन् ।
आधुनिक टेसिनका यी तीन जना हस्तीबीचको सबैभन्दा महान खेलाडी भनेर प्रतिस्पर्धा चलिरहेको छ । तीनैजना अहिले पनि सक्रिय खेल जिवनमा छन् ।
फेडेरर यसपटक विम्बल्डनको फाइनलसम्म पुग्न सकेनन् भने नदालले यसपटक प्रतियोगिता खेल्न सकेका थिएनन् ।
यस्तोमा उपाधि जित्दै जोकोभिचले दुवै जनालाई भेटाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्