
काडमाडौं । एमाले नेत्रृ राकुमारी झाक्रीले अदालतको निर्णय प्रभावित हुने गरी हस्ताक्षर फिर्ता नलिने बताउनुभएको छ ।
अदालतमा निवेदकको रूपमा रहेका सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता लिने कुरै नआउने झाक्रीले स्पष्ट पार्नुभयो ।
सोमबार ट्विट गर्दै झाक्रीले हस्ताक्षर फिर्ता लिन्छन् भनेर भ्रममा नपर्न पनि सबैलाई आग्रह गर्नुभयो ।
हिजो एमालेको कार्यदल स्तरमा १० बुँदे सहमत्ति भएको थियो । त्यही आधारमा प्रतिनिधिसभा विघटनसँग सम्बन्धित अदालतमा विचाराधीन मुद्दामा एमालेका २३ जना सांसदको हस्ताक्षर फिर्ता हुने हल्ला भएपछि झाक्रीको यस्तो भनाइ आएको हो ।
उहाँले वरिष्ठ नेता माधव नेपाल टिमको केन्द्रीय सदस्यहरुको बैठक बसी १० बुँदे सहमत्तिबारे संस्थागत धारणा आउने जानकारी दिनुभयो ।
स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो संझौता कार्यान्वयन योग्य नहुने र बैठकमा जाने कुरा हुन्न, झाक्रीले भन्नुभयो ।
आज एमालेको स्थायी कमिटीको बैठक छ । जसमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालबीच भेट गराउने तयारी भएको बताइएको छ ।
३) अदालतमा निवेदकको रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता लिईने छैन। लिने कुरै आउँदैन।
— Ram kumari Jhakri (@Jhakri_didi) July 12, 2021
४) भ्रममा नपरौ, स्वागत गर्न हतार नगरौँ। निरास पनि नबनौँ। राजनिती हो यसले बाटो लिन्छ। उज्यालो पहिल्याउन सकिन्छ।
प्रतिक्रिया दिनुहोस्