
काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघले सर्वोच्च अदालतको फैसलाविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले भोलि साँझ ६ बजेसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र साउन तीन गते अपरान्ह पाँच बजेसम्म प्रतिनिसभाको बैठक बोलाउन परमादेश जारी गरेलगत्तै एमालेको भातृ संगठन युवासंघले विरोध प्रदर्शन गर्ने भएको हो ।
एमाले सांसद् महेश बस्नेतले सर्वोच्चको फैसलाविरुद्ध विरोध जनाउनका लागि माइतीघरमा उपस्थित हुन आह्वान गर्नुभएको छ । सर्वोच्च अदालतले निर्दलिय व्यवस्थाको विजारोपण गरेको र व्यवस्थापिका तथा कार्यपालिकाको अधिकार न्यायाधीशहरूले हातमा लिएको भन्दै देश राजनीतिक द्वन्द्वमा प्रवेश गरेको बताउनुभयो ।
सांसद् बस्नेतले परमादेश कार्यान्वयन गर्न असम्भव रहेकोसमेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्