१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्वोच्चको आदेशको सम्मान र स्वागत गर्ने योगेश भट्टराईको प्रतिक्रिया


0
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभाको पुनः स्थापनाको लागि दिएको आदेशको स्वागत तथा सम्मान गर्ने बताउनुभएको छ ।

सोमबार सर्वोच्च अदालतले दोस्रो पटक विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापित गरेसँगै फेसबुकमार्फत उनले संवैधानिक इजलासले गरेको आदेशको आदेशको सम्मान र स्वागत गर्ने प्रतिक्रिया दिनुभएको हो ।

भट्टराईले नेकपा एमालेको एकतालाई जोगाउन एमालेका नेता र कार्यकर्तामा संयम र धैर्यताका साथ अघि बढ्न आह्वान समेत गर्नुभएको छ । आइतबार भएको १० बुँदे सहमति इमन्दारिताका साथ कार्यान्वयन हुने भट्टराईको विश्वास छ ।

‘सर्वोच्च अदालतको संवैधानिक बेञ्चद्वारा प्रतिनिधिसभाको पुनर्स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु,’ भट्टराईले लेखेका छन्, ‘बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चितता सहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरूमा संयम र धैर्यताकासाथ अघि बढ्न आह्वान गर्दछु।’

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा फैसला गर्दै सर्वोच्चले भोलि साँझ ६ बजेसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र साउन ३ गते अपरान्ह ५ बजेसम्म प्रतिनिनिसभा बैठक बोलाउन परमादेश जारी गरेको थियो ।