१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अदालतको फैसलामा असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन– गगन थापा


0
Shares

काठमाडौं । प्रतिनिधिसभा सांसद् एवं नेपाली कांग्रेसका नेता गगन थापाले अदालतको फैसलामा असहमत हुन पाइए पनि अस्वीकार गर्न नपाइने बताउनुभएको छ ।

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्रीकमा नियुक्त गर्न दिएको आदेशपछि नेकपा एमालेको भातृ संगठन युवा संघले अदालतको फैसला नमान्ने जनाएको थियो ।

युवासंघको प्रतिक्रियापछि सांसद् गगन थापाले अदालतको फैसला मननपरेको खण्डमा असहमत हुन पाइने भए पछि अस्वीकार नगरिने प्रतिक्रिया दिनुभएको हो । उहाँले उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पु¥याउने मुर्खता कतैबाट नहोस् भन्ने आशा व्यक्त गर्नुभएको छ ।

यस्तै सांसद् थापाले प्रतिनिसभा विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतको व्याखा गर्दै संविधानको रक्षा गरेको बताउनुभयो ।