१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१४ औं दक्षिण एसियाली खेलकुद सन् २०२३ को मार्चमा पाकिस्तानमा हुने


0
Shares

एजेन्सी । पाकिस्तानमा हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को १४औं संस्करण सन् २०२३ को मार्च महिनामा आयोजना गरिने भएको छ ।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको हिजो बसेको भर्चुअल बैठकले १४औं साग सन् २०२३ को मार्चमा गर्ने निर्णय गरेको हो । पाँच शहरमा आयोजना हुने १४ औं सागमा २७ खेल समावेश गरिनेछ ।

प्रतियोतिामा मुख्य खेलहरु लाहोरमा हुनेछ । त्यसबाहेक फैसलावाद, गुजरनवाला, इस्लामावाद र सिलाकोटमा पनि केही खेलहरु हुनेछन् । १३ औं साग सन् २०१९ मा नेपालमा आयोजना भएको थियो ।

घरेलु सागमा नेपालले ५१ स्वर्ण पदक जित्दै दोस्रो भएको थियो । १३ औं सागको समापनपछि पाकिस्तानलाई १४ औं साग आयोजनाको लागि झण्डा हस्तान्तरण गरिएको थियो । जिम्मेवारी लिएको एक वर्षभन्दा बढी समयसम्म पनि सागको मिति तय हुन सकेको थिएन ।