१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाँच प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित धेरै पानी पर्ने संभावना


0
Shares

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाे छ । साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले ले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव को जोखिम रहेको छ ।

त्यस्तै, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध छ ।

काठमाडौं उपत्यकामा पनि वर्षा हुने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २० दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २५ देखि २७ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ५ बजेर १७ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर २ मिनेटमा हुनेछ ।

यस्ताे छ, आगामी तीन दिनको मौसम पूर्वानुमान

असार २९ गते – मंगलबार

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर-पश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर-पश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ ।

असार ३० गते – बुधबार

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ। प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित धेरै भारी वर्षाको  सम्भावना पनि रहेको छ।

 
राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ।प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित धेरै भारी वर्षाको  सम्भावना रहेको छ

असार ३१ गते – विहिबार

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर-पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको  सम्भावना रहेको छ।