
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।
बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्न लाग्नुभएकाे हाे । सम्बोधन दिउँसाे २ बजे गर्ने तय भएकाे छ ।
सर्वोच्च अदालतले राष्ट्रपति विद्या भण्डारीलाई आज साँझ ५ बजेसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न समय दिएको छ।
प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएपछि दिउँसो १ बजे बालुवाटारमा बस्ने भनेकाे एमालेको स्थायी कमिटी बैठक भने स्थगित भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्